free website hit counter

एलआइसी नेपालले दियाे आलमलाई पूर्ण अशक्तता दाबी भुक्तानी

beemaadmin
२०७९ असार ३, शुक्रबार

सर्लाही । सडक दुर्घटनामा परी आफ्ना बीमित पूर्ण असक्तता भएपछि एलआइसी नेपाल लिमिटेडको लालबन्दी शाखाले बीमितलाई पूर्ण दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीले हरिपूर्वा नगरपालिका ९ सर्लाही निवासी बीमित नाजमुद्दिन आलमलाई दाबी भुक्तानी प्रदान गरेको हो। पूर्ण अशक्तता दाबी अन्तर्गत उनको बाँकी सबै किस्ता मिनाह हुनुका साथै १० वर्ष सम्म प्रत्येक वर्ष विमाङकको १० प्रतिशत रकम प्राप्त गर्नेछन् । बीमा परिपक्कतामा बिमाङक रकम र बोनस प्राप्त गर्नुका साथै आजीवन जोखिम बहन सुविधा पनि प्राप्त हुनेछ ।
बिमितले एलआईसीबाट १६ वर्षका लागि ५ लाखको जीवन आनन्द बीमा पोलिसी खरिद गरी ६ ओटा किस्ता भुक्तान गरेका थिए । काठमाडौबाट सर्लाही फर्कने क्रममा सिन्धुलीमा सडक दुर्घटनामा परी बीमित पूर्ण रूपमा अशक्त भएका थिए । लालबन्दी शाखाका शाखा प्रमुख विश्वास दीप श्रेष्ठ र एजेन्सी म्यानेजर मुर्तुजा अन्सारीले बीमितलाई उक्त दाबी भुक्तानी हस्तान्तरण गरेका हुन्।

सम्बन्धित समाचार