free website hit counter

एलआईसीको जीबन बचत बीमा लेख :  ७५ लाखसम्मको दुर्घटना लाभ

beemaadmin
२०७६ पुष २३, बुधबार

 

काठमाडौं । नयाँ नयाँ बीमा लेखमार्फत् ग्राहकको मन जित्दै आएको एलआईसी नेपालले ‘जीवन बीमासहितको खुसीको बचत, जीवन बचत’ भन्ने नाराका राथ ‘जीवन बचत’ बीमा योजना सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै कम्पनीले ‘जीवन बचत’ योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट गराएको हो ।

१६ देखि ६५ बर्ष उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजनामा सहभागी हुन सक्ने बताइएको छ ।  न्यूनतम बीमाङ्क रकम एक लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने बताइएको छ । यस योजनामा बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बिमाङ्क रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बीमा परिपक्वतापछि बिमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि यस बीमा लेखमा रहेको बताइन्छ ।

न्युन बीमा शुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभसमेत उपलब्ध गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले बताउनुभयो । बीमा योजनामा विविध क्षेत्रका पेशाकर्मीहरुले मुद्दती निक्षेप जस्तै एकल बीमा शुल्क भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न सकिने बताइएको छ ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी बर्णवालले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार