free website hit counter

एलआईसीको नाफामा गिरावट

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

अर्थबीमा समाचारदाता

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) चालु आर्थिक बर्षको पहिलो तीन महिनाको प्रतिवेदन सार्वजनिक गर्दै खुद नाफा घटेको देखाएको छ । सो जीबन बिमा कम्पनीको खुद नाफामा ५१ प्रतिशतको गिरावट सहित दुई करोड ३६ लाख ७८ हजार रुपियाँमा झरेको छ । सो बिमा कम्पनीले अधिल्लो बर्षको सोहि अवधिमा चार करोड ८८ लाख ६८ हजार रुपियाँ खुद नाफा कमाउन सफल भएको थियो ।

कम्पनीका अनुसार बिमांकीय मूल्यांकन हुन बाँकी रहेकाले आर्थिक वर्ष २०७५–७६ देखिको नाफा भने यस प्रतिवेदनमा समावेश नभएको कारण पनि खुद नाफामा उल्लेख्य गिरावट देखिएको हो ।
एलआईसीको जीवन बिमा कोषमा ५७ अर्ब ८० करोड ४२ लाख ८९ हजार रुपियाँ रहेको देखाइएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी भने मात्र एक रुपियाँ १८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपियाँ ७५ पैसा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार