free website hit counter

एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेनजर खड्काको निधन

beemaadmin
२०७९ भाद्र २२, बुधबार

काठमाडौं । एलआईसी नेपालका वरिष्ठ अभिकर्ता तथा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य शिवहरी खड्काको निधन भएको छ । रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको निधन भएको हो । काठमाडौंको कपनबाट उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । उनी विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय तथा चिर परिचित अभिकर्ता हुन् । बीमा क्षेत्रले कुशल अभिकर्ता गुमाएको छ। उनी एक सामाजिक अभियन्ता र नेपाली कांग्रेस रामेछापका नेता समेत रहेका थिए । खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

सम्बन्धित समाचार