काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बुधबार सम्पन्न संचालक समितिको बैठकले १०.५२ शेयरधनीहरुलाई प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको १०८औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी रु २ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र ० ।५२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।