free website hit counter

एलओडी क्लव गएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोइराला पक्राउ

beemaadmin
२०८० असार २१, बिहीबार

काठमाडौं । काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । दुई साता अघि ठमेलस्थित एलओडी क्लब पुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका सुदनबहादुर कोइराला बलात्कार अभियोगमा पक्राउ परेको ललितपुर प्रहरीका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । उनका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरिएको थियो । कोइरालाले जेठको अन्तिम साता एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्याएर बलात्कार गरेका थिए । बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

सन्दीपको पेसी आज पहिलो नम्बरमा

beemaadmin
२०८१ बैशाख २३, आईतवार