free website hit counter

एलपी ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

beemaadmin
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगर्ने गरेको भन्ने गुनासो प्राप्त भएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

Advertisement
Advertisement

निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ।

Advertisement
Advertisement

पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनिएको छ। निगमले ग्यासको बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो निर्देशन दिएको हो।

सम्बन्धित समाचार