free website hit counter

एशियन लाइफको प्रदेशस्तरिय बिजनेश एक्शिलेन्स अवार्ड सम्पन्न

beemaadmin
२०८० भाद्र १०, आईतवार

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको कोशी प्रदेश स्तरिय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० शनिबार बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ। दुई दिन सम्म सन्चालन भएको कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोश्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको प्रदेशस्तरिय अभिकर्ता सम्मान कार्यक्रममा कोशी प्रदेशबाट उत्कृट भएका अभिकर्ता उमानन्द राजवंशी बिर्तामोड, धनमाया कोइराला इटहरी, बिबि थामसुहाङ इलाम र क्लब मेम्बर तर्फ रेखा खड्का दमक, बिमल गुरुङ दमक र उमानन्द राजवंशी बिर्तामोडलाई विशेष सम्मान गरिएको थियो । यसैगरी प्रदेशभरबाट नयाँ व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याउनु भएका विभिन्न शाखा तथा उपशाखाका अभिकर्तालाई समेत प्रशंसा पत्र र एडभाइजर ब्याज वितरण गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका दुई सयभन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो दिन सहभागि अभिकर्ताहरुलाई न्यूरो लिङ्ग्वीस्टिक ट्रेनर मीन घलेले बीमा बिक्री कला र वित्तीय सल्लाहकारको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एक अर्काको पुरकको रूपमा कार्यरत अभिकर्ता र कम्पनी व्यवस्थापनको सहकार्यबाट व्यवसायीक सफलता सुनिश्चित गर्न संभव भएको भन्दै अभिकर्ताहरूलाई शुभकामना दिए । प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले अभिकर्तालाई व्यवसाय प्रवर्द्धनमा हरसंभव सहयोग गर्न व्यवस्थापन र सञ्चालक समिति दुबै सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै व्यवसायीकरुपमा काम गर्न अभिकर्ताहरुलाई शुभकामना दिए । कार्यक्रममा कम्पनीको डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कोशी प्रदेश प्रमुख रितु प्रधान, शाखा, उपशाखा प्रमुख,पेशागत अभिकर्ता संघका केन्द्रीय सदस्य उमानन्द राजवंशी र बीमक समितिका विष्णु कुमार कार्कीलगायतको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार