free website hit counter

एशियन लाइफको शाखा विस्तार

beemaadmin
२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सप्तरीको बोधेबरसाइनमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बोधेबरसाइन नगरपालिका र आसपासको क्षेत्रका बीमितलाई जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउनका लागि एशियन लाइफ इन्स्योरेन्सले बोधेबरसाइन बजारमा कार्यालय सञ्चालनमा ल्याएको हो।बोधेबरसाइनका मेयर आतेशकुमार सिंह यादवले सोमबार औपचारिक रुपमा कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा एशियन लाइफका प्रदेश प्रमुख रामरुप सहनी, राजविराज शाखा प्रबन्धक विजय साह, उपशाखा प्रबन्धक जयनारायण महत्तो, वरिष्ठ एजेन्सी म्यानेजर, अभिकर्ता तथा स्थानीय बासिन्दाको सहभागिता थियो। बीमामा पहुँचको दृष्टिकोणले कमजोर रहेको मधेश प्रदेशमा जीवन बीमा सेवा विस्तार गर्नका लागि कम्पनीले मधेश प्रदेशलाई प्राथमिकतामा राखेको छ। यही फागुनमा सर्लाहीको हरिपूर्वा नगरपालिकामा पनि कम्पनीले पहिलो जीवन बीमा कम्पनीका रुपमा कार्यालय सञ्चालनमा ल्याएको छ।

सम्बन्धित समाचार