free website hit counter

एशियन लाइफको सवा ३ लाख कित्ता शेयर बिक्रीमा

beemaadmin
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ २२ गते देखि साढे ३ लाखभन्दा बढी कित्ता अवितरित शेयरको बिक्री खुलाउँदैछ । कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः०।४२ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना शेयरधनीमा १ करोड ३९ लाख २० हजार ८०० कित्ता बाँडफाँट भइसकेको छ । बाँडफाँटमा नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउन लागेको हो । जसमा संस्थापकतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारणतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता रहेको छ । यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले किन्न पाउनेछन् । इच्छुक खरिदकर्ताले प्रतिकित्ता के कति रेटमा लिने हो त्यसको विवरण खुलाई भदौ २९ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । संस्थापकतर्फ कम्पनीमा १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद लाग्नेछैन । बोलपत्र फाराम भने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर धनगढी र महेन्द्रनगरमा पाइनेछ । साथै, यिनै स्थानमा बुझाउन पनि सकिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार