free website hit counter

एशियन लाइफले दियो बीमा दाबी भुक्तानी

beemaadmin
२०७७ कार्तिक २४, सोमबार

काठमाडौं । दुर्घटनामा जीवन गुमाएका एक बीमितको परिवारलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द्र अधिकारीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको हो ।
कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरि मृतककी श्रीमती करुण चाँपागाईलाई १५ लाख ७६ लाख रुपैयाँको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तारण गरेको हो ।
कार्यक्रममा मृतकका परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनीका पदाधिकारी साथै आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो । मृतक दिपेन्द्र अधिकारीको असोज ३ गते मोटरसाईकल दुर्घटनाको कारणले मृत्यु भएको थियो ।

सम्बन्धित समाचार