राजविराज । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले उक्त शाखले मृतकको परिवारलाई दाबी वापत १३ लाख ६४ हजार रुपैयाँ बीमितको आश्रित परिवारलाई सोमबार हस्तान्तरण गरेको हो । शाखा प्रबन्धक विजय कुमार साहले शाखाका वरिष्ठ अभिकर्ताहरुको उपस्थितिमा डाक्नेश्वरी गाउँ पालिका वडा नम्बर ७ ब्रह्मपुर गाउँमा बीमितको श्रीमति सरिता कुमारी मण्डललाई बीमा दाबी वापतको १३ लाख ६४ हजार ६ सय चौवालीस रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बीमित स्वर्गिय श्याम कुमार मण्डलले १० लाखको जीवन बीमाको लागी प्रथम बीमाशुल्क वापत १ लाख १ हजार ७ सय सतहत्तर रुपैयाँ भुक्तानी गरेका थिए ।