free website hit counter

एशियन लाइफले बोलायो वार्षिक साधारणसभा

beemaadmin
२०८२ माघ १९, सोमबार

काठमाडौं । अग्रणी जीवन बीमक एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०।५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश छन्। सभाले बोनस शेयर वितरणपछिको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले समयानुकूल प्रबन्धपत्रमा आवश्यकताअनुसार उद्देश्य थप तथा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त रायसुझाव तथा निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार