काठमाडौं । वित्त क्षेत्रका विज्ञ दिनेशलाल श्रेष्ठले एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी पाएका छन् । उनलाई बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको जनाइएको छ ।
बीमा समितिले सीईओ बन्न स्वीकृती दिएसँगै उनी एसियिन लाइफको सीईओमा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्सले उनलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघि सिफारिस गरेको थियो ।
उनी यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनी विगत १८ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् ।
एसियन लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठको कार्यकाल सकिएपछि विगत असारदेखि नै उक्त पद खाली थियो भने होमबहादुर श्रेष्ठ निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।