free website hit counter

एसियन लाइफ प्रतिफल दिन अग्रसर

beemaadmin
२०८० भाद्र ७, बिहीबार

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताएका छन्। काठमाण्डौमा मंगलबार आयोजित बागमती प्रदेशस्तरीय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेस एक्सिलेन्स अवार्ड–२०८० मा सीईओ श्रेष्ठले कम्पनीलाई उत्कृष्ट बनाउन प्रयास रहेको बताए। उनले बीमित, अभिकर्ता र सेयरधनी सबैलाई अपेक्षित प्रतिफल दिएर कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रसास रहेको बताए। सबैले अपेक्षा गरेको प्रतिफल दिलाउनकै लागि हामीले नियामकीलय प्रावधानभित्रै रहेर लगानीमा विविधीकरणलाई जोड दिई रहेका छौँ, उनले भने, आगामी दिनमा अवश्य पनि यसले नतिजा दिलाउने आशा गरेका छौँ। कार्यक्रममा कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठले नियामकीय प्रावधानभित्र रहेर अभिकर्तालाई सक्दो सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, अभिकर्ताको अझै बढी योगदानले कम्पनीलाई उचाइमा लैजान सम्भव छ। कार्यक्रममा गत आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। देशैभरबाट दोस्रो र बागमती प्रदेशस्तरमा प्रथम हासिल गर्न सफल भएका वरिष्ठ एजेन्सी म्यानेजर कमलप्रसाद जोशीलाई ट्रफीसहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार