free website hit counter

एसीको चिसोमा चोर निदाएपछि…

beemaadmin
२०७७ आश्विन ५, सोमबार

मुम्बई। चोरीका अनौठा घटनाहरु हाम्रै वरिपरि पनि हुने गरेका छन् । चोर घरभित्र पसेर भातै पकाएर खाएर हिँडेका घटना बेलाबखत सुनिरहेकै बेला भारतको आन्ध्र प्रदेशमा चोरीको निकै रोचक घटना भएको छ । यहाँ चोरी गर्नको लागि एउटा घरभित्र पसेका चोर घरभित्र एसीको शितल हावाका कारण त्यहीँ निदाए ।

उनी ब्यूँझिँदा आफू पुलिसको फन्दामा परिसकेको थाहा पाएका थिए । भारतीय संचारमाध्यमका अनुसार गोदावरी जिल्लाको गोकवारममा २१ वर्षका सूरी बाबु त्यहाँका सत्ती भेंकट रेड्डीको घरमा चोरी गर्न गएका थिए । भेंकट रेड्डी त्यहाँ पेट्रोल पम्प चलाउँछन् । उनको घरमा ठूलो रकम भएको अनुमानमा चोरी गर्न गएका सूरी बाबु एयर कण्डिशनरको शितल हावाको अगाडि टिक्न सकेनन् र त्यहीँ निदाए । सूरीले पुलिसलाई बताएअनुसार उनले विगत केही दिनदेखि घर मालिकको दिनचर्यालाई नियालिरहेका थिए ।

चोरी गर्न उपयुक्त समयको पहिचान गरेर सूरी १२ सेप्टेम्बरमा बिहान ४ बजे घरमा पसेका थिए । घरभित्र गएर उनी घरमालिक भेंकट रेड्डीको कोठामा गए । सूरी बाबुले पुलिसलाई बताएअनुसार उनी अघिल्लो दिन दिनभरी काम गरेर थाकेका थिए र एसीको शितल हावा पाएपछि उनलाई निद्रा लाग्यो । उनले घरमालिक रेड्डीको बेडमुनि नै केही बेर आराम गर्ने सोचे । तर, उनी निदाएपछि जोडले घुर्न थाले जसका कारण घर मालिकको निद्रा खुल्यो । घर मालिक भेंकट रेड्डीले बाहिर निस्किएर कोठाको ढोका बाहिरबाट बन्द गरिदिए । उनले पुलिसलाई फोन गरे र बिहान करिब साढे ७ बजे पुलिस आएर सूरीलाई ब्यूँझाएर गिरफ्तार गरेको थियो । सोधपुछमा सुरीले आफू मिठाइ पसलमा काम गर्ने र लकडाउनका कारण आर्थिक अभाव भएपछि पहिलो पटक चोरी गर्न लागेको बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार