free website hit counter

ओपीसी र पीपीसी सिमेन्टका फाइदा र बेफाइदा

beemaadmin
२०७६ मंसिर २१, शनिबार

नेपाली बजारमा सिमेन्ट प्रयोग कर्ताहरुमा सामान्य ज्ञान नहुँदा कहाँ कुन सिमेन्टको प्रयोग गर्ने र कुन सिमेन्टको मूल्य कति भन्ने जस्ता अन्योल रहेका बेला यसबारे जानकारी पाउनु प्रत्येक उपभोक्ताको अधिकार हो । बजारमा ओपीसी र पीपीसी सिमेन्ट जताततै पाइन्छ । तर ती सिमेन्टको उपयोग र फाइदाबेफाइदाबारे कमै उपभोक्तालाई मात्रै ज्ञान छ । यससम्बन्धी तथ्य यहाँ गर्नु उपयुक्त देखिएको छ ।

हुन त नेपाली ओपिसी र पिपिसी दुवै का लागि नेपाल गुणस्तर ले strength हकमा समान आवश्यकता नै तोकेको छ। २८ दिन को मान न्युनतम ३३ मे. पा. अर्थात प्रति वर्ग से मी ३३० केजी कोभार वहन गर्न सक्नु पर्ने। तापनि ओपीसी उत्पादन मा ९५% को हाराहारीमा मा प्रयोग भएको सिमेन्ट को मूल तत्व clinker पिपिसीमा भने ७०% जति मात्र प्रयोग भएका ले २८ दिन सम्म को strength एकै प्रकृति को clinker बाट उत्पादित ओपीसी मा पिपिसी भन्दा बढी नै देखिन्छ। देखिनै पर्छ।तर नेपाल मा pozzolana का रूपमा प्रयोग गरिने भारत बात आयातित fly ash को गुणस्तर ठीक छ भने त्यस बाट उत्पादन गरिने पिपिसी ले २८ दिन पछि को अवस्था मा पनि केही दिन सम्म strength बृद्धि मा सहयोग गर्ने हुनाले कङ्क्रिट को अंतिम strength उस्ता उस्तै नै पनि हुन सक्छ। तर पनि strength मात्रै का लागि ओपीसी लाई नै बढी अंक दिउँ।

यो पनि स्मरण गरौ strength मात्रले दिगो संरचना निर्माण हुँदैन।strength बढी भनेको बलियो संरचना होइन, हुन सक्छ तर त्यस कारण ले नै होइन।performanc अन्तर्गत का अन्य गुण हरु जस्तै मसला सेट हुन लाग्ने समय(setting time) भने ओपिसी को भन्दा पिपिसी मा केहि बढी हुने भएको ले काम गर्न र finishing मा ओपिसी भन्दा पिपिसी नै सहयोगी हुन्छ। ओपीसी मा त सेटिङ ढिला गर्न Gypsum हाल्नै पर्छ। पिपिसीमा थोरै मात्र वा कहिले काँही न हाले नि ठिकै देखिन्छ।सिमेन्ट बाट तयार मसला पम्प गर्न ओपिसी भन्दा पिपिसी मै सजिलो हुन्छ।

सानो र गोलो कणहरु ओपिसी भन्दा पिपिसी मा बढी हुने कारणले मसला तयार गर्न पनि ओपिसी भन्दा पिपिसी मै कम पानी चाहिन्छ। पानी मिसाए पछि सिमेन्ट को hydration हुँदा हुने विभिन्न रासायनिक प्रक्रिया बाट निस्किने ताप(heat of hydration) ओपिसी भन्दा पिपिसी मा कम हुन्छ। किनभने clinker को मात्रा नै कम हुन्छ। बढी ताप दिने Alite र Aluminate ओपिसी भन्दा पिपिसी मै कम हुने भयो। फेरि झन् बढी ताप दिन सक्ने लाईम जुन पानी सँग मिसाए एक ग्राम लाईम ले नै ३ ग्राम पानी लाई वाष्प नै बनाउन सक्छ, clinker बाटै आउने हो, ओपिसी भन्दा पिपिसी मै कम हुने भयो, भए पनि fly ash मा भएको सक्रिय सिलिका सँगै प्रतिकृया गरेर सिमेन्ट कै उपयोगी जेल बनाउने हुन्छ, hydroxide नै नबनाएर। यसले पनि ताप घटाउँछ। र ओपीसी मात्रै बाट तयार कङ्क्रिट मा यस्ता hydrated lime (mineral हरु को hydration बाट र यस्तै अन्य रासायनिक प्रक्रिया बाट बन्न जाने पनि) जसलाई portlandite पनि भनिन्छ, एक कमजोर पक्षका रूपमा रहन्छ जसले concrete लाई strength प्रदान गर्न कुनै सहयोग गर्दैन र कमजोर नै बनाउने हुन्छ केही हद सम्म। पिपिसी मा यस्तो portlandite भने सिलिका सँग प्रक्रिया पूरा गरेर कङ्क्रिट लाई strength प्रदान गर्ने कारक जेल(CSH gel) नै बन्न जाने हुनाले यसले पछि पछि strength बढाउन र दिगो बनाउन सहयोग गर्छ।

फेरि बढी नै strength भएको ओपीसी बाट कङ्क्रिट तयार हुँदा ताप पनि बढी आउने र सो कारण ले कङ्क्रिट मा हुन सक्ने microcrack ले संरचना लाई कमजोर नै पनि बनाउन सक्छ। फ्री लाईम र अन्य कारण ले देखिने को unsoundness को समस्या नेपाल मा ओपीसी मा पटक पटक देखिए पनि, पिपिसी मा देखिएको नेपाली सिमेन्ट लाई एक पटक मात्र सम्झना छ। कारण त्यही होला, पिपिसी को खरानी मा हुने सक्रिय सिलिका ले unsoundness को कारण लाई नै उचित रुपमा खपत गरेर निष्कृय तुल्याउन सक्नु। Slump loss, bleeding र segregation का कारण ले हुने क्षति पनि ओपिसी भन्दा पिपिसी ले तयार concrete मै कम हुन्छ।

Durability जस अन्तर्गत resistance to alkali, resistance to sulfate, permeability, overall life of concrete, heat of hydration
(माथि नै चर्चा सकेको, पनि) जस्ता गुण हरु पर्छन, सबैको मूल्यांकन गर्दा आँखा चिम्लेर नै भनौं ,ओपिसी भन्दा पिपिसी नै राम्रो हुन आउँछ। जति durable concrete हुन्छ त्यति नै दिगो र बलियो संरचना मान्नु पर्छ,strength पनि न्युनतम पूरा रहेको छ भने। Alkali, Chloride र sulfate को आक्रमण लाई सहन सक्ने र खपत गर्ने तत्व ओपिसी भन्दा पिपिसी मा बढी मौजूद हुने भएको ले यसले concrete आयु लामो बनाउन सहयोग गर्छ। ओपिसी भन्दा पिपिसी मा कणहरू मसिनो र सो को विस्तार बढी फराकिलो हुने भएको ले कङ्क्रिट मा छिद्र हरु ओपिसी भन्दा पिपिसी बाट तयार हुँदा पुरिने हुनाले पानी वा अरु तरल पदार्थ छिर्न सक्ने channel को निर्माण हुन पाउँदैन। जोडिएको छिद्र हरु को अभाव मा ओपिसी भन्दा पिपिसी कै कङ्क्रिट मा permeability कम हुन्छ जसले concrete लाई दिगो बनाउँछ। प्रबलीकारण का लागि प्रयोग गरिएको डन्डी सँग पनि ओपिसी भन्दा पिपिसी मा राम्रो पकड हुने भएका कारण ले पिपिसी को प्रयोग ले संरचना लाई बलियो र दिगो बनाउँछ।

sustainibility को आधारमा मूल्याङ्कन गर्दा ओपिसी भन्दा पिपिसी ले धेरै नै बढी अंक पाउने देखिन्छ। यसलाई कसरी बुझ्ने ? सजिलो छ। कसैले १०० केजी नेपाली ओपीसी प्रयोग गर्छ भने झण्डै ९५ केजी clinker खपत गरेको हुन्छ तर १०० केजी नै पिपिसी प्रयोग गर्दा उसले ७० केजी मात्र clinker को खपत गर्छ।खरानी २५ केजी जति खपत भएको हुन्छ। अब वातावरण, ऊर्जा, समाज, अर्थ व्यवस्था लाई कसरी भयो त सहयोग ? व्यक्तिगत स्तर मा त उपभोक्ता ले सस्तो सिमेन्ट पिपिसी प्रयोग गर्दा उसको पैसा सोझै जोगियो। राष्ट्र लाई clinker उत्पादन मा खपत हुने चुनढुङ्गा, ऊर्जा सबै जोगिने भो। राष्ट्रिय सम्पदा हो चुनढुङ्गा, र सकिने खालको, जति छ त्यति नै हो, फेरि फेरि बन्ने होइन, सके पछि सकियो फेरि आउँदैन। नेपाल मा त ऊर्जा अभाव नै छ त्यस मध्ये जति जोगाउन सके त्यति राष्ट्र लाई फाइदा, अरु तिर खपत गर्न पाइने भो।

प्रश्न आउला खरानी त भारतबाट पो आयात गर्नु पर्छ, किन गर्ने ? आयात गरे नै पनि सस्तो नै छ। फेरि clinker नै उत्पादन गर्दा आफ्नै खानी त सकिने हो। उपभोक्ता ले पनि त सस्तो सिमेन्ट पाउँछ, गुणस्तर मा पनि सम्झौता गर्नु परेन। Clinker को उत्पादन त सिमेन्ट कै लागि मात्र गर्नै पर्ने हुन्छ। fly ash त कोइला मा आधारित thermal power plant को खेर जाने पदार्थ हो, प्रदूषण को कारण पनि हो। छुट्टै उत्पादन गर्नु पर्ने नै हैन। भारत को प्रदूषण लाई हामीले किन खपत गर्ने हो भने, वातावरण विश्व कै समस्या हो  राष्ट्रको हैन, हामीले विश्व लाई नै सहयोग गर्छौं, आफै लाई गर्छौं, अरु राष्ट्रको को प्रदूषण, हाम्रो सिमेन्ट उत्पादन मा खपत गरे। Wastage खपत गरी circular economy लाई सहयोग गर्नु नै sustainibility को मर्म हो। Clinker उत्पादन नै गर्नु पर्छ, fly ash सस्तो नै आयात गर्न सकिन्छ। कसैले सिमेन्ट का लागि नै भनेर उत्पादन गर्नु पर्दैन। हिसाब नै गरे १०० केजी ओपीसी का लागि गर्नुपर्ने ९५ केजी clinker को उत्पादन मा ९५*०.६२*४४/५६ झण्डै ४६ केजी कार्बनडाइअक्साइड निष्कासन हुन्छ भने १०० केजी पिपिसी मा ३४ केजी मात्र कार्बनडाइअक्साइड निष्कासन हुँदा, १२ केजी कै भार हाम्रो वायुमण्डल ले कम थेग्नु पर्ने हुन्छं।

ऊर्जा कै कुरा गरौं, झण्डै ३ यूनिट त बिजुली नै जोगिन्छ। ३ केजी जति कोइला पनि जोगिन्छ। सो कोइला बाल्दा निस्किने कार्बन डाइअक्साइड पनि न निस्किने भो। प्रदूषण नियंत्रण ले समाज संसार लाई नि सहयोग हुन्छ। खानी धेरै वर्ष पुग्ने भयो राष्ट्र लाई। फाइदै फाइदा छ ओपिसी भन्दा सस्तो पिपिसी मा, यस दृष्टिकोण ले। नेपाली सिमेन्ट समुह ले भने थोरै समय मा नै बढी strength चाहिने अवस्था हरु वाहेक अन्य सबै अवस्था मा ओपिसी भन्दा पिपिसी कै प्रयोग गर्न सुझाव दिन्छ र हामी आफै पनि ओपिसी भन्दा पिपिसी नै रोज्छौ।

 

सम्बन्धित समाचार