काठमाडौं । पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको सुन चाँदीको मूल्य, बिहीबार बढेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ।