free website hit counter

ओरिएण्टल इन्स्युरेन्सद्वारा कृषि तथा पशुपंछी वीमा अभिकर्ताको तालिम

beemaadmin
२०८१ असार १८, सोमबार

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स ले धनकुटा को हिले मा कृषि तथा पशुपंछी बिमा सम्बंधी दुई दिने आधारभूत तालिम को आयोजना गरेको छ । कृषि तथा पशु प्राबिधिक हरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिम को उदघाटन कम्पनी का प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्ति ले गरेका थिए । सो अवसरमा सी इ ओ चक्रोवर्ति ले कृषि राष्ट्र को समुन्नत विकास को मूल आधार भएको हुदा किसान हरूको घर घर मा बीमा को पहुच पुगोस भन्ने हेतुले यो तालिम को आयोजना गरिएको जनाए । देश को आर्थिक विकास का लागि नेपाली किसान दाजु भाई हरु ले गरेको योगदान को कदर गर्दै कृषि सम्बन्धि कुनै पनि बीमा गर्न ओरिएण्टल इन्स्युरेन्स सदैब तयार रहने जानकारी गराउनु भयो। तालिम लीइ सके पछि ग्रामिण भेगमा गएर कृषक हरुको बालि पशुपंछी तथा जडिबुटी हरुको बीमा गरि भविष्य मा हुन सक्ने सम्भावित क्षति को सुरक्षण गर्न लागि परनु पर्ने बताए । सो तालिम का लागि देश का विभिन्न जिल्ला बाट प्राबिधिक हरुले सहभागिता जनाएका थिए। कृषि बीमा अभिकर्ता बन्न पाउदा आफुहरुलाई बीमा पहुच बढाउन अझ धेरै हौसला मिलेको महसुस गरेको सहभागी अभिकर्ता हरू ले जनाए । २०८१ अषाढ १३ र १४ गत्ते आयोजना गरिएको तालिम को अभिकर्ता हरुलाई नेपाल बीमा प्राधिकरण बाट इजाजत पत्र को लागि परीक्षा को पनि व्यवस्था गरिएको आयोजक ले जनाएको छ ।

सम्बन्धित समाचार