free website hit counter

ओलीले रोके पनि प्रचण्डले शुरु गरे नेकपा स्थायी समिति बैठक

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

काठमाडौं । आफूलाई अप्ठ्यो पर्ने छेकछन्द देखेपछि एकाएक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालले सुरु गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन ।स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको छ । बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक बसेको हो ।

बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफल समेत गरेका थिए भने सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए । पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार