free website hit counter

औषधिको अभाव हुँदैन : एप्पोन

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौं । करोना भाइरस नियन्त्रण विश्वका सबै राष्ट्रका लागि चुनौतीपूर्ण बन्दै गएको स्थितिमा अत्यावश्यक उत्पादन र आपूर्ति व्यवस्थित बनाउन नेपाल औषधि उत्पादक सघं (एप्पोन) लागीपरेको जनाएको छ । एप्पोनद्वारा जारी विज्ञप्तिमा औषधि आपूर्तिलाई सहज बनाउँदै कोरोना भाइरस सङ्क्रमणबाट कर्मचारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीले सावधानी अपनाउनुपर्ने जनाइएको छ । तर एप्पोनका महा–सचिव विप्लव अधिकारीका अनुसार औषधि आपूर्ति सहज हुन उद्योगीको एकल प्रयास मात्र सम्भव नहुने उनको तर्क छ ।

यसका लागि सरकारी सयंत्र उद्योग मैत्री भई औषधि उद्योग तर्फका सबै तहका कर्मचारी घरदेखि कार्यस्थलसम्म पुग्ने वातावरण बनाउने जिम्मा सरकारको हो । उद्योगका कर्मचारी कामको सिलसिलामा घरबाट बाहिर देख्ने बित्तिकै प्रहरी प्रशासनले लाढी बर्साउन बन्द गरिनु पर्दछ ।
निजी क्षेत्रबाट विभिन्न उद्योगहरूमा गरिएका लगानी मध्येकै उत्कृष्ट लगानी औषधि तर्फको भएको बताएका छन् ।

आजको अप्ठ्यारो परिस्थिीतीमा देश र जनताको औषधि जस्तो अत्यावसकिय बस्तुको माग पूरा गर्न पूर्णता सक्षम बनेको छ । उद्योगमा उत्पादन भएका औषधि सुपर स्टकिष्ट, थोक बिक्रेता हुँदै खुद्रा पसल सम्म पुग्न आन्तरिक ढुवानी परिचालनमा सहज वातावरण राज्यबाट बनाइनु पर्दछ ।

नेपालको आन्तरिक मागको ७० प्रतिशत औषधि नेपालमै उत्पादन हुने भएकोले जस्तो सुकै परिस्थितिमा नेपालीलाई आवश्यक पर्ने औषधि प¥पर्याप्त उत्पादन गर्ने क्षमता भएको अधिकारीले दाबी गरेका छन् । नेपाल बन्न सक्ने सबै प्रकारका औषधिको ६ महिना सम्म पुग्ने मौज्दात रहेकोले आत्तिइहाल्नु पर्ने स्थिीती नभएको प्रस्ट पारेका छन् । हाल उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ ३ महिना सम्मलाई पुग्छ । त्यस पछि आवश्यकता अनुसार छिमेकी राष्ट्र भारत वा चीनबाट एअर लिफ्ट गरी कच्चा पदार्थ नेपाल भित्र्याउने योजनामा उद्योगी रहेको उनको जिकिर छ ।
कोरोना भाइरस सक्रंमणबाट देशका जनता आक्रान्त भइरहेको बेला औषधि उद्योगबाट आपूर्तिलाई सहज बनाउन समपूर्ण स्रोत साधनलाई प्रयोगमा ल्याइएको जानकारी दिँदै यस स्थितिमा जनतामाझ औषधिको पहूच वृद्धिमा राज्यको दायित्व महत्त्वपूर्ण रहेको छ । उद्योगको आर्थिक पक्षलाई सबल बनाउन राष्ट्र बैकको राहत प्याकेज पर्याप्त नभए पनि राज्यले औषधि क्षेत्रको योगदान स्वरूप पक्कै पुरस्कृत गर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार