free website hit counter

कठोर बन्दै अस्ट्रेलिया सरकार, मारमा नेपाली विद्यार्थी

beemaadmin
२०८० असार ३, आईतवार

काठमाण्डौ । अस्ट्रेलियाले कोभिडको समयमा विदेशी विद्यार्थी दिएको काम गर्ने समयावधिको सुविधामा आउँदो जुलाईदेखि कटौती गर्ने भएको छ।
कोभिडको समयमा विदेशी विद्यार्थीलाई अस्ट्रेलियामा काम गर्ने समयावधिमा कुनै हदबन्दी थिएन । तर, अब भने विदेशी विद्यार्थीलाई सातामा २४ घन्टामात्रै काम गर्ने सुविधा दिने तयारी अस्ट्रेलियाली सरकारले गर्न लागेको हो। श्रमको खाँचो परेका केही क्षेत्रमा विज्ञान तथा इन्जिनियरमा भने पढाइ सकेपछि यसअघि ३ वर्ष दिइएको वर्क परिटिको सुविधा भने अब ५ वर्ष दिइने तयारी अस्ट्रेलियाले गरेको छ।
गत वर्ष सेप्टेम्बरमा गृहमन्त्री क्लेअर ओ निलले अस्ट्रेलियाको आप्रवासन प्रणालीलाई वर्तमान चुनौतीको अझ राम्ररी सामना गर्न तथा आगामी दशकका निम्ति स्पष्ट मार्गनिर्देशन गर्ने गरी एक सघन समीक्षा गर्न ३ सदस्य विशिष्ट समिति बनाइएको थियो । समितिले मार्चमा आफ्नो सुझाव बुझाएको थियो। सोही समितिको सुझावका आधारमा हाल अस्ट्रेलियामा अध्यागमन नियममा परिवर्तन गर्न लागिएको हो। अस्ट्रेलियाली सरकारले खासगरी डिप्लोमा तथा भोकेसनल कोर्सहरुमा १५ वर्षपछिकै कडा नियम ल्याउन सक्ने अस्ट्रेलियामा प्राध्यापन गर्दै आएका डा कृष्ण श्रेष्ठले बीबीसीलाई जानकारी गराएका छन्। ‘अस्ट्रेलियाले अध्यागमन नियममा गएको १५–२० वर्षपछिकै सबैभन्दा ठूलो परिवर्तन गर्दैछ’, उनले भने, ‘यस्तो नियम खासगरी एड्भान्स डिप्लोमा र डिप्लोमा कोर्सका लागि भिसा पाउन कठिन हुनेछ र भिसा पाइसकेकाहरुलाई अस्ट्रेलियामा स्थायी बसोबासमा कठिन हुन सक्छ।’
अस्ट्रेलियामा सन् २०२१ मा ५७ हजार १८२ र सन् २०२२ मा पनि ५० हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनको सिलसिलामा गएका छन्। योसँगै केही सीपयुक्त पेसामा पनि अध्यागनम नियम परिवर्तन हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। जसअन्तर्गत अब हाई स्किल म्यानपावरमात्रै अस्ट्रेलियाली सरकारको रोजाइमा पर्न सक्ने उनीहरुको अनुमान छ। –एजेन्सी

सम्बन्धित समाचार