free website hit counter

कति बढ्यो कामना सेवा विकास बैंकको नाफा

beemaadmin
२०८२ कार्तिक १६, आईतवार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत र सञ्चालन मुनाफा १०.८६ प्रतिशत बढेको छ। नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५.५६ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ३.९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज पनि ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५३ पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ १ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ। ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार