free website hit counter

कति बढ्यो पल्सरको मूल्य ? (सूचिसहित)

beemaadmin
२०७९ जेष्ठ २५, बुधबार

काठमाडौं । युवाहरुको रोजाईमा पर्न सफल बजाज मोटरसाइकलको तीन मोडलको मूल्य बढेको छ । मंगलबार नयाँ मुल्यसूची सार्वजनिक गर्दै एउटै मोटरसाइकलमा २० हजारसम्म मूल्य बढाएको हो । नेपालका लागि बजाज मोटरसाइलको नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले सरकारले बजेटमा भन्सार दर बढेसँगै मोटरसाइकलको मूल्य पनि वृद्धि भएको जनाएको छ ।
जस अनुसार बजाज पल्सर १५० एसडि, २२० एफ र एभेन्जर २२० मोटरसाइकलको मूल्य बढाएको हो । यी मोटरसाइकल बाहेक अन्य मोडलको मूल्य भने यथावत नै राखिएको छ । आजदेखि लागू हुने गरी बढेको मूल्य अनुसार १५० सिङ्गल डिक्समा ३ हजार, एभेन्जर २२०मा ३ हजार र सर्वाधिक बिक्रीहुने २२० एफलमा एकैपटक २० हजार रुपैयाँ मुल्य बढेको छ ।
नयाँँ मूल्यसूची अनुसार बढेको १५० एसडीको मूल्य २ लाख ८२ हजार, एभेन्जरको ३ लाख ९९ हजार र २२० को ३ लाख ९४ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस अघि २२० बाइक ३ लाख ७४ हजारमा विक्री हुँदै आएको थियो ।

सम्बन्धित समाचार