free website hit counter

कप्तान माथि यौन काण्डको कोर्ट मार्सल

beemaadmin
२०७७ श्रावण १९, सोमबार

काठमाडौं । ‘नउम्रिँदै तीनपात’ भनेजस्तो तालिम नसक्दै असामान्य हर्कत देखाउन थालेपछि नेपाली सेनाका एक क्याप्टेन, एक क्याडेट सेकेण्ड लप्टन र तिनलाई तालिम सिकाउने गुरुबासमेत अस्ति सोमबारदेखि सोझै घर फिर्ता गरिएका छन् ।

भक्तपुरको खरिपाटीमा अधिकृतस्तरको तालिम लिँदै गरेकी युवती र तालिम केन्द्रभित्रै उनलाई यौन व्यवहार गर्ने युवक यसरी निर्मम कारवाहीको शिकार भएका हुन् । दुःखको कुरा त के भने असल नैतिक आचरण सिकाउनुपर्ने गुरु आफैं गलत धन्दामा लागेको पाइयो र उनलाई पनि शून्य सहनशीलताको नीतिअन्तर्गत कारबाही गरिएको छ । ती युवतीलाई भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठह¥याइएको छैन । कप्तान भने एक वर्ष पुरानो यौनकाण्ड लाग्दा कोर्टमार्शलमा परेका छन् । डेढ महिनादेखि यस प्रकरणको गोप्य छानविन चलिरहेको थियो ।

नेपाली सेनामा गैरसैनिक ठेकेदारसम्मका हकमा आकर्षित हुने यस्तो अनुशासन सेनामै जागिर खानेका हकमा झन् कडाइका साथ लागु हुने कुरा सैन्य नेतृत्वले प्रमाणित गरिदिएको छ ।

उता, नेपाली सेनाका लागि अमेरिकाबाट १५ हजार थान हतियार आउने भएको छ । अमेरिकासँग नेपाली सेनाका लागि एम १६, के टु सिरिजको ५।५६ र ९ एमएमका गोली लाग्ने हतियारहरू किन्न लागिएको हो । यसमा पनि उनै दीपक भट्ट संलग्न रहेको बताइन्छ । (जनआस्था साप्ताहिक)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार