काठमाडौं । मुलुकमै धेरै शाखा सञ्जाल भएको ग्लोबल आइएमई बैंकले आफ्नो सञ्जाल विस्तारलाई अझै द्रूत गतिमा अघि बढाइरहेको छ । बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।