free website hit counter

कर्मचारी संचयकोषले उपचाखर खर्च आफैंले व्यहोर्ने

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको निर्जिवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौता रद्द गरेको अर्को सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले आफैं बचतकर्ताहरुलाई बीमा सुविधा दिने भएको छ । यसअघि कोषमा रकम जम्मा गर्ने ६ लाख बढी बचतकर्ताको घातक रोगसहितको स्वास्थ्य बीमा राष्ट्रिय बीमा कम्पनीमा गरेको थियो ।

कर्मचारी सञ्चय कोषले गत मंसिर १ गतेबाट आफ्ना छ लाखभन्दा बढि कर्मचारीहरुको स्वास्थ्य बीमा आफूले गर्न सुरु गरेको हो । गतवर्ष राष्ट्रिय बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गरेर सञ्चालन गरिएको स्वास्थ्य बीमाको अवधी सकिएपछि मंसिर १ गतेदेखि कोषले राष्ट्रिय बीमा कम्पनीमा बीमा नविकरण नगरी आफैंले बीमा सेवा सञ्चालन गर्न सुरु गरेको हो ।

कर्मचारी सञ्चय कोषको ऐन, नियमको परिधिभित्र रहेर बीमा नभनिकन शोधभर्नाको रुपमा कर्मचारीको उपचार खर्च व्यवहोर्न सुरु गरेको कोषको दाबी छ । कोषले छ वटा विभिन्न शर्तमा स्वास्थ्य उपचार सुविधा दिने जनाएको छ । कोषले जारी गरेको सूचनामा मंसिर १ गतेदेखिको स्वास्थ्य उपचार खर्च कर्मचारी सञ्चय कोषले शोधभर्नामार्फत भुक्तानी गर्ने जनाएको हो ।

पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेशका एसोसिएड प्रोफेशर बीमा क्षेत्रका ज्ञाता रविन्द्र घिमिरेले कोषको कदम राम्रो नभएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

 

हेर्नुस् कर्मचारी सञ्चय कोषले जारी गरेको सूचना

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार