काठमाडौं । शान्ति मिसनमा जाँदा अनियमितता गरेको आरोप लागेका नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर सेनाले उनीमाथि छानविन गरिरहेको छ । अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको सैन्य प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताएका छन् । छानविनको नतिजा छिट्टै आउने प्रवक्ता पौडेलले बताएका छन् । कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुदा अनियमितता गरेको आरोप छ । सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले अनियमितता गरेको बताइएको छ ।