free website hit counter

कसले ध्यान दिने यस्ता साना कुरामा

beemaadmin
२०७६ चैत्र २६, बुधबार

संकेत कोइराला
२४ घण्टाभित्र मट्याङग्रे कागतीको मूल्य १५ रुपियाँ बृद्धि भएर ४० पुगेको छ । हेर्दा एक गेडो कागतीको सरोकार देखिएपनि हाम्रो बजारको प्रकृति यसले चित्रण गर्छ । जब यो देशमा दौरा सुरुवाल लगाएका भलाद्मी हेडसरहरुले जनता र देशको स्वामित्व लिएर गुलियो भाषण गर्छन, त्यसपछि बजार ठीक त्यसको उल्टो बेगमा दौडिहाल्छ । नढाँटीभन्दा हाम्रो ‘डोके इकोनमी’ अब विस्तारै झोले अर्थतन्त्रमा अनुवाद हुँदै गएको छ । जुनसुकै बादले आफ्नो प्रभुत्वको दलील गरेपनि आखिर अर्थतन्त्रको मुख्यालय चुल्हो नै हो । यो देशमा जति नेताहरु शक्तिमा पुगे, तिनीहरुले राज्य नभई गुट मात्र चलाए । यहाँ गफबाहेक अरु केही उम्रिएन । अरु त अरु देशका सर्वशक्तिशाली प्रधानमन्त्री केपी ओली स्वयंले सेना, पुलिस ९बन्दुके शक्ति० उपयोग नगरी अहिलेको परिस्थितिमा एउटा सिलिण्डर ग्यासको जोहो गर्न सम्भव छैन् । उहाँको प्रशासन संयन्त्र काठमाडौं पूरा खरानी भएपछि दमकल किन्न टिप्पणी उठाउन शुरु गर्ने चरित्रको छ । सरकारले भनेको विपरीत दिशामा नागरिक नजाने हो भने चुलोमा आगो बल्न कठिन छ । त्यही भएर त संग्रह संस्कृतिको विकास भएको हो । यदि अमेरिकामा कागतीको मूल्यमा यस्तो अवस्था आइदिएको भए त्यहाँको सरकारले खाद्य सुरक्षाबारे व्यापक समीक्षा आरम्भ गथ्र्यो । कारण खोजिन्थ्यो, निदान हुन्थ्यो । यहाँ त डाकाले पनि न्यायालयमा सेटिङ गरेपछि डकैती गर्छ ।
फेसबुकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार