free website hit counter

कसले सुन्छ यहाँ पढ्नेका पीडा

beemaadmin
२०७६ मंसिर १८, बुधबार

काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष मुकेशकुमार झा स्वास्थ्य तथा जनसंख्यामन्त्री फेरिएपिच्छे मन्त्रालय धाइरहन्छन् । एउटा मन्त्रीलाई कुरा बुझायो काम शुरु गर्ने बेला हुँदासम्म मन्त्री परिवर्तन भइसकेको हुन्छ । फेरि अर्कोलाई शुरुदेखिनै कन्भिन्स गर्दै गयो फेरि मन्त्री परिवर्तन हुने बेला भइसक्छ ।

संघीय संरचनामा मुलुक गइसकेपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको समायोजन तथा दरबन्दी हेरफेर गर्ने कार्य जारी नै छ । कर्मचारीहरुको दरबन्दी मिलानको सन्दर्भमा रेडियोग्राफर र रेडियो टेक्नोलोजिष्टहरुको दरबन्दी समय सापेक्ष राख्न र सरकारले निर्धारण गरेको जोखिम भत्ता उपलब्ध गराउनकै लागि झाको यो दौडधूप हो । तर पनि उनी अझै दौडिरहेका छन् तर पनि सरकार सुनिरहेको छैन । आधारभूत स्वास्थ्य सेवाको प्रस्थानबिन्दुको रुपमा मानिएको प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तहका अस्पताल र साविकका अञ्चल अस्पतालहरुमा रेडियोग्राफर र रेडियो टेक्नोलोजिष्टहरुको दरबन्दी आवश्यकता र मागअनुसार छैन ।

एक अध्ययनअनुसार संघीय अस्पतालमा तीन जना रेडियो टेक्नोलोजिष्ट र ८ जना रेडियोग्राफरको आवश्यकता पर्छ । त्यसैगरी हाल प्रदेशले सञ्चालन गरेका र साविकका अञ्चल अस्पतालहरुमा २ जना रेडियो टेक्नोलोजिष्ट र ३ जना रेडियोग्राफर चाहिन्छ । त्यसैगरी प्राथमिक स्वास्थ्यकेन्द्रमा चार जना रेडियोग्राफर (आलोपालो गर्नुपर्ने भएकाले) आवश्यक भएको सोसाइटीको अध्ययनले देखाउँछ । तर देशभर एकजना रेडियो टेक्नोलोजिष्टको दरबन्दी बीर अस्पतालमा मात्रै छ । सरकारले अहिलेसम्म स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफर र रेडियो टेक्नोलोजिष्टको दरबन्दी कति आवश्यक छ भनेर ठोस तथ्यांक लिन पनि सकिरहेको छैन ।

अहिले देशभर २४ सय रेडियो ग्राफर र ७ सय रेडियो टेक्नोलोजिष्टको जनशक्ति छ । ४६ जना रेडियो टेक्नोलोजिष्टले मास्टर गरेर बसेका छन् । यो संख्यामध्ये करिब १०० को हाराहारीमा राज्यका सरकारी अस्पतालहरुमा कार्यरत रहेको तथ्यांकले देखाउँछ । बाँकी केहीले निजी स्वास्थ्य संस्थामा काम गरेका बाहेक बेरोजगारकै अवस्थामा छन् । लाखौं खर्चेर देश तथा विदेशमा अध्ययन गरेर बसेको जनशक्तिलाई परिचालन गर्न राज्यले सकिरहेको छैन । बिरामीको रोग पत्ता लगाउनले पहिलो जनशक्तिको रुपमा रेडियोग्राफर र रेडियो टेक्नोलोजिष्टलाई लिइन्छ । तर सम्बन्धित निकायमा रेडियोग्राफी समूहमा दर्ता नभएको जनशक्तिलाई एक्सरे गर्न दिएर सरकारी तथा निजी अस्पतालहरुले आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयउ बेखवर जस्तै देखिएको छ ।

नदेखियोस् पनि कसरी ती अस्पतालमा यहाँका ठूला बडा कसैले उपचारै गराउँदैनन् । विरामीको रोग पहिचान जोखिम मोलेरै भए पनि गर्छु भन्ने अठोटका साथ अध्ययन गरेर स्वदेशमै सेवा गर्न बसेका सयौं प्राविधिकहरुलाई बेरोजगार राख्नु र सस्ता र अदक्ष जनशक्तिका भरमा विकिरणसम्बन्धी सेवा लिनु पनि सरकारी तथा निजी अस्पतालहरुको बदमासी हो । आफ्नो कार्यकालमा जसरी भए पनि प्राथमिक स्वास्थ्य केन्द्रदेखि संघीय अस्पतालहरुमा रेडियोग्राफर र रेडियो टेक्नोलोजिष्टको दरबन्दी कायम गरेरै छाड्ने र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता सोसाइटीका अध्यक्ष झाको छ । यसका लागि उनले वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयको कर्मचारी नेतृत्वलाई पटक पटक भेटेर वस्तुस्थितिबारे जानकारी गराएका छन् । उनी थाकेका छैनन्, निरन्तर प्रयास गरिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार