free website hit counter

कस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था ?

beemaadmin
२०८० जेष्ठ ३०, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मंगलबार बिहान श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । राष्ट्रपति पौडेलको मुटुको दाहिनेतर्फको एक नशा ७० प्रतिशत बन्द भएको छ । चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नशाबाट तार हाली जाली खोलेर रगत सञ्चालन गरिएको छ । उनी समयमै अस्पताल आइपुगेकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको बताइएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार भने राष्ट्रपति नियमित स्वास्थ्य परिक्षणकालागि मंगलबार अस्पताल गएका थिए । चिकित्सकको सललाह अनुसार उनलाई २४ घण्टासम्म अब्जर्भेसनमा राखिने पनि अस्पतालले जनाएको छ । यसैगरी, उनलाई भोली डिस्चार्ज गरिने समेत अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले बताए । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार