free website hit counter

कस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था ?

beemaadmin
२०८० जेष्ठ ३०, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मंगलबार बिहान श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । राष्ट्रपति पौडेलको मुटुको दाहिनेतर्फको एक नशा ७० प्रतिशत बन्द भएको छ । चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नशाबाट तार हाली जाली खोलेर रगत सञ्चालन गरिएको छ । उनी समयमै अस्पताल आइपुगेकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको बताइएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार भने राष्ट्रपति नियमित स्वास्थ्य परिक्षणकालागि मंगलबार अस्पताल गएका थिए । चिकित्सकको सललाह अनुसार उनलाई २४ घण्टासम्म अब्जर्भेसनमा राखिने पनि अस्पतालले जनाएको छ । यसैगरी, उनलाई भोली डिस्चार्ज गरिने समेत अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले बताए । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सम्बन्धित समाचार