free website hit counter

काँग्रेसमा असन्तुष्टलाई छाडेरै देउवा अगाडि बढे

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । काँग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । आजको बैठकमा पार्टी संस्थापन पक्षसँग असन्तुष्ट रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गर्ने बताइएको छ । यसअघि पनि पौडेल समूहले बैठक बहिष्कार गर्दै आइरहेको छ । पौडेल समूहको बहिष्कारका बाबजुदका कारण पनि संस्थापन पक्षले विभाग गठन गर्ने, महाधिवेशनको मिति तय गर्ने, तरुण दलको थप भएको छ महिनाको अवधिलाई अनुमोदन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको थियो ।

आफ्नो बहिष्कारका बाबजुद पनि संस्थापन पक्षले महत्वपूर्ण निर्णय गरेपछि आक्रोशित बनेको पौडेल समूहलाई फकाउन लागि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विमलेन्द्र निधि, सहमहामत्री, प्रकाशशरण महतलाई परिचालन गरे पनि पटक पटक भएका कोठे बैठकहरुमा सहमति खोज्ने प्रयास असफल बन्दै आएको छ । पौडेल समूहले आफ्नो सहमति बेगर गरिएका निर्णयहरु सच्याए मात्रै बैठकमा सहभागी हुने बताउँदै आएको छ ।

उसले आजको बैठकको अवस्था हेरेर पार्टी जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी गरेको छ । यद्यपि पौडेल समूहले पुस २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला बोलाएको बताए पनि त्यसबारे थप प्रक्रिया अगाडि भने बढाएको छैन । आजको बैठक पौडेल समूहले बहिष्कार गर्ने बताइएको छ भने अर्का असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला समूह पनि अनुपस्थित रहने बताइएको छ । दुवै समूहको अनुपस्थितिका बाबजुद पनि संस्थापन पक्षले बैठक राखेर आवश्यक निर्णय लिने बताइएको छ । एकथरि असन्तुष्ट नेताहरु भने बैठकमा उपस्थित भएर अहसमति दर्ज गराउनु पर्ने पक्षमा छन् ।

सम्बन्धित समाचार