free website hit counter

काँग्रेसमा थपिए ११ केन्द्रीय सदस्य (सूचिसहित)

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण भएको दुई वर्ष नाघिसकेपछि पार्टी सभापति देउवाले तत्कालिन फोरमका ११ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका छन् । केही दिनअघि १९ वटा विभाग एकलौटी गठन गरेका पार्टी सभपाति देउवाले ११ जना केन्द्रीय सदस्य थप गर्ने सन्दर्भमा पनि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई विश्वासमा लिन आवश्यक ठानेन् । पार्टी केन्द्रीय समितिको बैठक छलेर देउवाले एकलौटी ढंगले केन्द्रीय समिति विस्तार गरेका छन् । थप भएका केन्द्रीय सदस्यहरुमा तत्कालिन फोरमका नेताहरु रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), डा. गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) रहेका छन् । काँग्रेस र फोरमबीच भएको सहमति र दुई दलको साँगठनिक संरचना समायोजन गर्न पार्टी नेता उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित सिफारिश समितिले गरेको सिफारिश ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको बताइएको छ । विगत लामो समयदेखि तत्कालिन फोरमका नेताहरुले आफूहरुलाई पार्टीले सहमतिबमोजिम जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जाहेर गर्दै आइरहेका थिए । यो निर्णयसँगै उनीहरुको असन्तुष्टि समेत सम्बोधन भएको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार