free website hit counter

काँग्रेस एमालेको यस्तोसम्म छ तयारी

beemaadmin
२०८१ असार २८, शुक्रबार

काठमाण्डौ । नयाँ सत्ता समिकरणलाई रोक्ने माओवादीको प्रयासलाई विफल बनाउन काँग्रेस र एमालेले हरसम्भव प्रयास गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने गरी नयाँ सरकार गठनको जिकिर गरिरहेको माओवादी लगायतका शक्तिकेन्द्रहरुलाई रोक्ने कांग्रेस–एमालेले पनि विशेष तयारी गरेका बुझिएको छ । एमालेका एक पदाधिकारीकाअनुसार माओवादीले सुरुवातदेखि नै प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएको अवस्थामा धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठन हुने र यसैलाई आधार मानेर राष्ट्रपतिले नयाँ सरकारको गठनका लागि आह्वान गर्नुपर्ने जिकिर गरिरहेको छ । माओवादीको एक्लो शक्तिले मात्र यस्तो जिकिर नभएको निश्कर्ष निकाल्दै एमाले र कांग्रेसले सम्भावित कदमहरुलाई रोक्न र राष्ट्रपति रामचन्द्र पौडेललाई धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्न बाध्य बनाउन प्रतिनिधिसभाका दुईतिहाई सांसदहरुको हस्ताक्षर नै तयार गरेका छन् । दुईतिहाई बढी सांसदहरुको समर्थन र हस्ताक्षरसहित प्रचण्डले विश्वासको मत नपाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने अपीलसहितको राष्ट्रपति समक्ष समावेदन दिने तयारी गरिएको हो । भोलि संसदमा प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको सूचनाको विषयमा संसद सचिवालयले राष्ट्रपति कार्यालयमा लिखित जानकारी पठाउनेछ । त्यसलगत्तै कांग्रेस र एमाले लगायतका दलका दुईतिहाई सांसदहरुको हस्ताक्षर रहेको समावेदन राष्ट्रपतिसमक्ष बुझाइनेछ । काँग्रेस र एमालेका नेताहरुले अन्तिम अवस्थासम्म पनि माओवादीले खेलमा गडबड गर्ने प्रयासलाई जारी राखेको दाबी गरिरहेका छन् । केही विदेशी तत्वहरुले समेत यसमा साथ दिएकाले राजनीतिमा जुनसुकै ट्वीस्ट आउनसक्ने भन्दै संयुक्त सरकार चलाउने लगायतका विषयमा सहमति गरेका कांग्रेस र एमालेका नेताहरु समेत हाई–अलर्टमा बसेका छन् । यदि राष्टपति पौडेलले धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएमा केपी ओली प्रधानमन्त्री बन्ने छैनन् । किनभने उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलका नेताको नेतृत्वमा सरकार गठनका लागि आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार