free website hit counter

काँग्रेस महाधिवेशनलाइ काेराेना प्रभाव

beemaadmin
२०७७ असार १५, सोमबार

काठमाडौं। कोरोना महामारीले काँग्रेस महाधिवेशन प्रभावित भएकाे छ । आगामी फागुनमा १४ औं महाधिवेशन गर्नेगरी महाधिवेशनको तयारीमा होमिएको काँग्रेसलाई कोरोना महामारीले प्रभावित बनाएकाे हाे । कोरोना महामारीका कारण केन्द्रीय महाधिवेशन अघि गर्नुपर्ने कामहरु हुन सकेका छैनन्। त्यसैले महाधिवेशन नै सार्नु पर्ने होकी भन्ने आशंका बढिरहेका बेला काँग्रेसमा महाधिवेशनको मिति भने नसार्ने गरी अन्य प्रक्रिया छोट्याउने तयारी भएको छ। आइतबार बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको मिति नसारेर अरु प्रक्रियाबारे सोच्ने प्रस्ताव आएको काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण मतले जानकारी दिए। क्रियाशील सदस्यता वितरण र स्थानीय तहको अधिवेशनबारे भने केही प्रक्रिया परिवर्तन हुने बताए। उनले आगामी केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ कार्यतालिका आउने बताए। कोरोना भाइरसको महामारी नभएको भए यति बेला काँग्रेसले क्रियाशील सदस्याताको विषय टुंगो लगाइसकेको हुने थियो। तर, कोरोना भाइरस महामारीका कारण क्रियाशील सदस्यता नविकरण र वितरण हुन सकेको छैन।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार