free website hit counter

काँडाघारीमा सिभिल बैंकको शाखा

beemaadmin
२०७६ कार्तिक २, शनिबार

काठमाडौं । सिभिल बैंकले काठमाडौंको काँडाघारी पेप्सीकोलामा शाखा संचालनमा ल्याएको छ । यो शाखा थपिएपछि बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको शाखाले थप उर्जा प्रदान गर्ने बताए भने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार