free website hit counter

काठमाडौँ आइपुग्यो इजरायलमा मारिएका नेपालीको ४ शव

beemaadmin
२०८० कार्तिक ५, आईतवार

काठमाडौँ । इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो। पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ। शवहरूलाई आइतबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।

सम्बन्धित समाचार