free website hit counter

काठमाडौंका सिडिओ भन्छन्, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई पाता फर्काउँछु

beemaadmin
२०७७ भाद्र ८, सोमबार

काठमाडौं । कोरोना कहरसँग अग्र मोर्चामा खटिएर लड्ने स्वास्थ्यकर्मीलाई सबैको सहयोग र हौसला आवश्यक रहेको बेला राजधानीमा भने स्वास्थ्यकर्मीमाथि यस्तो हर्कत गरियो जुन सभ्य समाजले पचाउन सक्दैन ।

यही बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन्। नेपाल टेलिभिजनसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र अवरोध गर्ने जो सुकैलाई खोजी खोजी ६ महिना जेल हाल्ने चेतावनी दिएका हुन् ।

दाहालले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिए । सिडिओ दाहाल भन्छन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु । मध्य बानेश्वरस्थित सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई राखिएको भन्दै शनिबार स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए ।

स्वास्थ्यकर्मीमाथि विभिन्न स्थानमा पटक–पटक दुर्व्यवहार हुँदै आएको छ । कोरोनाको महामारीमा ज्यानलाई दाउमा राख्दै बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीमाथि भएको यो अमानवीय गतिविधिको चौतर्फी विरोध भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार