free website hit counter

काठमाडौं उपत्यकामा रास्वपाको ‘क्लिन स्वीप’

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंका १० वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। कूल १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा रास्वपाले ‘क्लिन स्वीप’ नै गरेको हो। काठमाडौंमा उम्मेदवार बनेका अन्य राजनीतिक दलका उम्मेदवारलाई जमानत जोगाउनै मुस्किल पर्यो। यो क्षेत्रका मतदाताले पुराना राजनीतिक शक्तीहरुलाई नरुचाउँदा रास्वपाले भारी मतान्तरले विजयी हात पारेको हो। काठमाडौंमा नेपाली कांग्रेसका महामन्त्री तथा नेकपा एमालेका अध्यक्षका उम्मेदवार इश्वर पोखरेल चुनावी दौडमा थिए। उनीहरु समेत रास्वपाका नामै नसुनिएका उम्मेदवारसँग भारी मतान्तरले पराजित बनेका हुन्। यसबाहेक, भक्तपुरमा समेत रास्वपाका उम्मेदवार विजयी हुने निश्चित जस्तै भएको छ। विगत लामो समयदेखि नेपाल मजदुर किसान पार्टीको गढका रुपमा रहेको भक्तपुर १ मा समेत रास्वपा जिततर्फ अग्रसर बनेको छ। यस्तै, ललितपुरका २ वटै क्षेत्र र भक्तपुरको बाँकी क्षेत्रमा समेत रास्वपा अघि छ।

सम्बन्धित समाचार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार