free website hit counter

काठमाडौं उपत्यकामै एक लाख बढी कोरोना संक्रमित

beemaadmin
२०७७ मंसिर ५, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानीमा एक लाख बढी कोरोना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको एक लाख नाघेको छ। काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्। देशभर १ हजार ९४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

२४ घण्टामा ५ हजार ३६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९१हजार २ पुगेको छ। आज देशभर २४ हजार ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २९८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार