free website hit counter

काठमाडौं उपत्यकामै संक्रमितको संख्या ६ हजार बढी

beemaadmin
२०७७ भाद्र १६, मंगलवार

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा संक्रमण उच्च गतिमा फैलिँदै गएको छ । पछिल्ला दिनमा संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३ र भक्तपुरमा ५४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यसरी थपिनेमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४० हजार ५२९ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २२ हजार १७८ उपचारपछि निको भएका छन्।  देशभर ७२८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार