free website hit counter

काठमाडौं १ बाट पूर्वडीआईजी खरेलले उम्मेदवारी दिने

beemaadmin
२०७९ जेष्ठ २९, आईतवार

काठमाडौँ । काठमाडौं महानगरको मेयरमा चर्चा गरिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । यसअघि उनको पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ ।

सम्बन्धित समाचार