free website hit counter

कानीको जाली फुटाउने यो कस्तो किस

beemaadmin
२०८० भाद्र १३, बुधबार

बेइजिङ। चीनबाट एउटा अचम्मको खबर आएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार एक चिनियाँ व्यक्तिले आफ्नी प्रेमिकालाई १० मिनेटसम्म लगातार किस गरेपछि उनलाई अस्पताल लैजानुपरेको छ। मिडिया रिपोर्टका अनुसार आफ्नी प्रेमिकासँग लिप लक गरेपछि ती व्यक्तिले आफ्नो कान गुमाए। मिडिया रिपोर्टमा भनिएको छ, २२ अगस्टमा प्रेमी र प्रेमिकाले चुम्बन गरिरहेका थिए तब अचानक प्रेमीले आफ्नो कानमा तीव्र दुखाइ महसुस गरे। ती जोडी चीनको पूर्वी झेजियाङ प्रान्तको वेस्ट लेकमा डेट गर्न गएका थिए। उनलाई अस्पताल पुर्‍याउँदा डाक्टरले उनको कानको पर्दामा प्वाल भएको बताए। उनलाई पूर्ण रुपमा निको हुन दुई महिना लाग्ने बताइएको छ। डाक्टरहरूले भावुक चुम्बनले कान भित्रको हावाको चापमा द्रुत परिवर्तन ल्याउने बताए। रिपोर्टमा भनिएको छ कि चुम्बनको क्रममा एक पार्टनरले छिटो सास फेर्दा अर्को पार्टनरको श्वासप्रश्वासमा असन्तुलन सिर्जना हुन्छ, जसले कान छेड्न सक्छ। मिडिया रिपोर्टमा भनिएको छ कि यो पहिलो पटक होइन। यसअघि पनि २००८ मा दक्षिणी चीनमा एक युवतीले आफ्नो प्रेमीले भावुक चुम्बन गर्दा उनको कानको पर्दा च्यातिएपछि आंशिक रूपमा उनको कान गुमाउनु परेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार