free website hit counter

कान्तिपुरबाट भूषण दाहाल बीदा

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । टेलिभिजन पत्रकारिताका वादशाह मानिएका कान्तिपुर टेलिभिजनका एजीएम भूषण दाहालले एकाएक राजीनामा दिएका छन् । कान्तिपुर टेलिभिजनमा झण्डै १७ वर्ष योगदान गरेका दाहालले बीदा लिएपछि त्यहाँ ठूलै भुईचालो गएको छ । व्यवस्थापनसँगको विवादकै कारण उनको बहिर्गमन भएको बुुझिएको छ । माघ १ गतेदेखि लागू हुने गरी पुस २४ गते नै उनले राजीनामा बुझाएका थिए । यसबीचमा आधा दर्जनजति समाचार विभाग प्रमुख हेरफेर भए पनि दाहालको भने पद, सुविधा र प्रतिष्ठा बढ्दै आईरहेको थियो ।
भूषण दाहाल कान्तिपुरका एजिएम मात्र थिएनन्, उनी नेपाली टेलिभिजन पत्रकारिताका वादशाह पनि थिए । राम्रा राम्रा अफर गरिँदा समेत कैलास सिरोहियाको साथ नछाडेका दाहालले एकाएक राजीनामा दिएपछि आम पत्रकारमाझ चासोको विषय बन्न पुगेको छ ।

सम्बन्धित समाचार