काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । १३औं वार्षिकोत्सवको उपलक्ष्यमा शाखा तथा केन्द्रीय कार्यालय रहेको भवनको प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्घाटन सम्पन्न गरेको छ ।
अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतीय माध्ययमबाट औपचारिक उद्घाटन गरेका थिए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाईलगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुँदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारे ।