free website hit counter

कामना सेवाले थप्यो दुई नयाँ शाखा

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । शाखा सञ्जाल विस्तार गर्दै देशमा सबै स्थानमा बैकिङ पहुँच पुर्याउने अभियानमा रहेको कामना सेवा विकास बैंक लिमिटेडले २ नयाँ शाखा थप गरेको छ । बैंकले प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको हो ।

नवलपरासीको बर्दघाट नगरपालिका– ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा एकैसाथ २ वटा  शाखा कार्यालय सञ्चालन ल्याएको हो । योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेको छ ।  बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित समाचार