free website hit counter

कामना सेवाले दिन्छ १२.१२ प्रतिशत ब्याजदरमा कर्जा

beemaadmin
२०८० श्रावण ५, शुक्रबार

काठमाडौँ । कामना सेवा विकास बैंक लि।ले ग्राहकहरूको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकका अनुसार आवासीय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सीमा भित्र रहने गरी धितो मूल्याङ्कित रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्याङ्कित रकमको ८० प्रतिशत सम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने वैंकले जनाएको छ । त्यस्तै गरी विद्युतीय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायब प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरू सम्पूर्ण कागजात पेस गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।

सम्बन्धित समाचार