free website hit counter

कामना सेवा विकास बैंकको ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल नियुक्त

beemaadmin
२०७८ असार ३०, बुधबार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिभेन्चर) जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले निकट समयमै सार्वजनिक गर्ने एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता अर्थात् एक अर्ब रुपैयाँ बराबरको ‘केएसबीबीएल डेभेन्चर २०८८’ ऋणपत्र जारी गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । १० वर्षका लागि जारी गर्ने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याजदर प्राप्त गर्नेछन् ।
सोमबार एक कार्यक्रमका बीच बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा अनुभवी तथा व्यावसायिक दक्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न रहेको बैंकले जनाएको छ । ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेको बैंकको हाल १२८ वटा शाखा कार्यालयहरु र एउटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार