free website hit counter

कामना सेवा विकास बैंकको नाफा बढ्यो, कस्तो छ अन्य सूचक ?

beemaadmin
२०८१ श्रावण ९, बुधबार

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०–८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ । खुद शुल्क र कमिशन आम्दानी २४ करोड १ँ६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकले रिजर्भको आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकहरुबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढी हो । बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले ५२ करोड २६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो । बैंकको खराब कर्जा अनुपात भने केहि बढेको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म ३.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३।२१ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको छ । वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन ५७८.३६ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार