free website hit counter

कालिका लघुवित्तको नाफा ३०४ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ श्रावण २५, सोमबार

काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। संस्थाले समीक्षा अवधिमा अधिकांश वित्तीय सूचकमा सकारात्मक प्रगति गर्दै खुद नाफा ३०४.५९ प्रतिशतले वृद्धि गरेको हो।

संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड २८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको खुद नाफा ३ करोड ३ लाख रुपैयाँ थियो।

Advertisement
Advertisement

संस्थाको नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्जमा आएको कमी र खुद ब्याज आम्दानीमा भएको वृद्धि मुख्य कारण बनेका छन्। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्जका लागि ५ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ६ करोड ३७ लाख रुपैयाँ थियो।

Advertisement
Advertisement

त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी ३५ करोड ६७ लाख रुपैयाँबाट बढेर ४७ करोड ९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद सञ्चालन आम्दानी ४८ करोड ९४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १८ करोड १८ लाख रुपैयाँ रहेको छ।

लाभांश क्षमता १९.६८ प्रतिशत

संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यससँगै संस्थाको लाभांश क्षमता १९.६८ प्रतिशत कायम भएको छ।

तर, अधिकांश वित्तीय सूचकमा सुधार देखिए पनि संस्थाको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ८.२७ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ९.७८ प्रतिशत पुगेको छ।

संस्थाको पूँजीकोष अनुपात ११.६७ प्रतिशत, कस्ट अफ फण्ड ६.०१ प्रतिशत र सीडी रेसियो ११४.६५ प्रतिशत कायम भएको छ।

निक्षेप र कर्जा दुवै बढ्यो

समीक्षा अवधिमा संस्थाको निक्षेप संकलन १ अर्ब ६६ करोड रुपैयाँबाट बढेर २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह पनि ४ अर्ब ७५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) समेत उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ७.४५ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर २७.४० रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ३.६७ गुणा बढी हो।

त्यस्तै, संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २९०.०२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २८.२० गुणा र तरलता अनुपात ९.११ प्रतिशत कायम रहेको छ।

सम्बन्धित समाचार